राजगञ्जमा अज्ञात युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जको गन्डारमोडमा रहेको नालीबाट आज अज्ञात युवकको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले राजगञ्ज ब्लकको माझीयाली ग्राम पञ्चायतको गन्डारमोड़ संलग्न एउटा पेट्रोल पम्प नजिक रहेको एउटा नालीमा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *