राजगञ्जमा अन्य पार्टी छोड़ेर धेरैजना मानिसहरू तृणमूलमा सामेल

राजगञ्ज :  राजगञ्जमा भाजपा लगायत अन्य पार्टी छोड़ेर धेरैजना कार्यकर्ता तथा समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायत अन्तर्गत पर्ने स्कुलपाड़ा गाउँका केही महिलाहरू तथा जीनियस क्लबका सदस्यहरू आज तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।  राजगञ्जका विधायक खगेश्वर रायले सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा गरिएको विकास कार्यहरूले गर्दा राजगञ्जको सुकनी ग्राम पञ्चायत अन्तर्गत स्कूलपाड़ा गाउँका धेरैजना मानिसहरू तृणमूलमा सामेल भएको साथै यसले गर्दा पार्टी अझ बलियो हुने बताए।  यस अवसरमा शेख उमर फारूक, अरिन्दम ब्यानर्जी, लक्ष्य मोहन राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *