राजगञ्जमा अन्य पार्टी छोड़ेर 110 सदस्य तृणमूलमा सामेल

राजगञ्ज : राजगञ्जमा भाजपा लगायत अन्य पार्टीहरू छोड़ेर 110 सदस्यहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। राजगञ्ज ब्लक तृणमूल युवा कांग्रेसको पहलमा आज बिन्नागढी ग्राम पञ्चायतको कामारभिटामा जलपाईगढी युवा अध्यक्ष सैकत च्याटर्जी, राजगञ्जका विधायक खगेश्वर रायले दलीय झण्डा प्रदान गरेर नयाँ सामेलहुनेहरूलाई आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा राजगञ्ज ब्लक अध्यक्ष लक्ष्मण मोहन राय, राजगञ्ज ब्लक युवा अध्यक्ष तुषार दत्त, बिन्नागढी प्रधान शशिचन्द्र बर्मन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *