राजगञ्जमा अवैध सुपारी सहित 2 जना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले गत अबेर राति अवैध सुपारी सहित दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू उत्तरप्रदेश निवासी ओमकार यादव (28) र प्रशान्त यादव (22) सामेल छन्। प्राप्त जानकारीअनुसार हिजो अबेर राति राजगञ्जको हात्तीमोडमा नाका चेकिङ अवधि पुलिसले एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 240 बोरा सुपारी उद्धार गरेको बताइएको छ। पुलिसले उक्त ट्रकको चालकलाई सुपारीको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि पुलिसले चालक र खलासीलाई पक्राउ गर्यो। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त सुपारी गुवाहाटीबाट दिल्ली लैजाने उद्देश्यले लगिरहेको थियो भने उद्धार गरेको सुपारीको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *