राजगञ्जमा अवैध सुपारी सहित एकजना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले 218 बोरा अवैध सुपारी सहित 1 जना तस्करलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति हावडाको बेलगाछिया निवासी 60 वर्षीय हंसनाथ यादवको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो राति राजगञ्ज थाना पुलिसले यहाँको हातिमोडमा नाका चेकिङ अवधि एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 218 बोरा सुपारी उद्धार गरेको छ। यसपछि उक्त सुपारीको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि पुलिसले हंसराज यादवलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त सुपारी सिलगढी हुँदै अन्य राज्यमा लैजाने उद्देश्यले लगिरहेको थियो। उद्धार गरेको 218 बोरा अवैध सुपारीको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *