राजगञ्जमा भाजपा-द्वारा विरोध प्रदर्शन

राजगञ्ज : चोर धरो जेल भरोनाराको साथमा आज साँझ राजगञ्ज भाजपाको दक्षिण मण्डलको तर्फबाट राजगञ्जमा एउटा र्‍याली निकालिइयो। भाजपा कार्यकर्ता-समर्थकहरूले राजगञ्ज पोस्ट अफिस मोड़देखि राजगञ्ज बजारसम्म एउटा र्‍याली निकालेर विरोध प्रदर्शन गरेपछि एउटा पथ सभामा परिणत भयो।  भाजपाको दक्षिण मण्डल अध्यक्ष सुशान्त रायले भने, आज भाजपाको तर्फबाट राजगञ्जमा र्‍याली तथा पथ सभाको आयोजना गरियो। पश्चिम बंगालमा शिक्षक  नियुक्तिमा भ्रष्टाचार गरेको विरोधमा आज उक्त र्‍याली तथा पथसभा गरिएको हो। यस अवसरमा भाजपा दक्षिण मण्डलका अध्यक्ष सुशान्त राय, बिधान झा, सनातन भौमिक, तपन राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *