राजगञ्जमा भाजपा र अन्य पार्टी छोडेर 50 परिवार तृणमूलमा सामेल

राजगञ्ज : राजगञ्जमा भाजपा लगायत अन्य पार्टी छोडेर 50 परिवार तृणमूलमा सामेल भएका छन्। राजगञ्ज ब्लकको राजगञ्ज बजारमा जनसंयोग कार्यालयमा सुखानी अञ्चल तृणमूल कङ्ग्रेसको तर्फबाट योगदान सभाको आयोजना गरियो। उक्त सभामा सुभाषपल्ली गाउँको 50 परिवारलाई राजगञ्जका विधायक खगेश्वर रायले दलीय झण्डा प्रदान गरेर तृणमूलमा स्वागत जनाए। राजगञ्जका विधायक खगेश्वर रायले सुभाषपल्ली गाउँको 50 परिवारबाट लगभग 200 जना सदस्यहरू विभिन्न पार्टी छोडेर तृणमूल सामेल भएको बताए। यस अवसरमा सुखानी ग्राम पञ्चायत प्रधान सम्पा दत्त, तृणमूल जलपाईगढी जिल्लाको उपाध्यक्ष शेख उमर फारूख, सुखानी अञ्चल अध्यक्ष अरिन्दम बन्दोपाध्याय, सत्तम दत्त लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *