राजगञ्जमा बिजुली सेवा मेलाको आयोजना

राजगञ्ज : बेलाकोवा विद्युत ग्राहक सेवा केन्द्रको तर्फबाट आज राजगञ्जको श्रीसंघ क्लबमा विद्युत सेवा मेलाको आयोजना गरियो। उक्त मेलामा बिजुली दुर्घटनाबारे सचेतनता शिविर, विभिन्न सेवाहरू लगायत अभियोगहरू सुनेको बताइएको छ। बेलाकोवा विद्युत ग्राहक सेवा केन्द्रका स्टेशन म्यानेजर रेशमा सरकारले बताएअनुसार बिजुली सम्बन्धित केही दुर्घटनाहरू भइरहेकोले यसबारे विस्तृत रूपमा जानकारी लिनको लागि बेलाकोवा विद्युत ग्राहक सेवा केन्द्रको तर्फबाट विद्युत सेवा मेलाको आयोजना गरिएको हो। यस मेलाको माध्यमद्वारा बिजुली सम्बन्धित दुर्घटनाहरूबारे जागरूकता शिविर, बिजुली बिल भुग्तान र विभिन्न सेवाहरू प्रदान गरियो। यस अवसरमा डीपीएससीका चेरयम्यान लेख्य मोहन राय, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा राय, राजगञ्ज थानाका आईसी पंकज सरकार, बेलाकोवा आउटपोस्टका ओसी बुद्धदेव घोष र क्लबका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *