राजगञ्जमा बीएसएफ-द्वारा गाँजा तस्कर पक्राउ

राजगञ्ज : बङ्ग्लादेशमा गाँजा तस्करी गर्न अगावै बीएसएफ-को 195औँ बटालियनका जवानहरूले अभियान चलाएर एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्कर राजगञ्जको सरकारपाड़ा निवासी 28 वर्षीय अनवर हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार राजगञ्ज ब्लकको चावलहाटी बीएसएफका जवानहरूले अभियान चलाएर गाँजासहित अनवर हुसेनलाई पक्राउ गरेको बताइएको छ। अनवरले उक्त गाँजा बङ्ग्लादेशमा तस्करी गर्ने उद्देश्यले लगिरहेका थिए। बीएसएफका अधिकारीहरूले उक्त आरोपीलाई राजगञ्ज पुलिससमक्ष सुम्पिदिएपछि आज आरोपीलाई जलपाईगढी जिल्ला अदालतमा पेश गरियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *