राजगञ्जमा बीएसएफको तर्फबाट चिकित्सा शिविरको आयोजना

राजगञ्ज : राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायतको गिरानगछमा  बीएसएफ-को तर्फबाट चिकित्सा शिविरको आयोजना गरियो। बीएसएफ 195औँ बटालियनको तर्फबाट आयोजना गरिएको उक्त शिविरमा मूत्र तथा रक्त जाँच गर्ने व्यवस्था गरिएको थियो। उक्त शिविरमा इलाकाका धेरैजना मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराए। बीएसएफका अधिकारीले बताएअनुसार रुपियाँ तथा समयको अभावले गर्दै गाउँका धेरैजना मानिसहरूले सहरमा गएर आफ्नो स्वास्थ्य जाँच गराउन असमर्थ रहेकोले गर्दा नै आज बीएसएफको सिभिक एक्सन प्रोग्रामको माध्यमद्वारा चिकित्सा शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *