राजगञ्जमा व्यक्तिको शव उद्धार, जाँचमा जुट्यो पुलिस

राजगञ्ज : राजगञ्जमा एकजना व्यक्तिको शव उद्धार भएको छ। उक्त घटना राजगञ्जको माझियाली ग्राम पञ्चायतको पावनीखारी इलाकामा घटेको हो। मृतक व्यक्ति सन्न्यासीकाटा ग्राम पञ्चायतको ब्रह्मतलपाडा निवासी 35 वर्षीय लक्ष्मीराम हेमब्रमको रूपमा चिन्हित गरिएको छ। अवैध सम्बन्धको कारण उक्त व्यक्तिलाई कुटेर मारेको आरोप रहेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार लक्ष्मीराम हेमब्रमले दैनिक मजदुरको काम गर्दथे। हिजो राति तिनी पावनीखारी क्षेत्रका एउटी महिलाको घरमा पसेपछि घरका मानिसहरूले तिनलाई समातेपछि बाँधेर कुटपीट गरेको आरोप रहेको छ। आज बिहान उक्त घर नजिक रहेको खाली ठाउँबाट लक्ष्मीराम हेमब्रमको शव उद्धार भएको बताइएको छ। घटनापछि उक्त घरका मानिसहरूले सुइँकुच्चा ठोकेको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *