राजगञ्जमा व्यक्तिलाई कुटेर मारेको आरोपमा 2 जना पक्राउ

राजगञ्ज : राजगञ्जमा एकजना व्यक्तिलाई कुटेर मारेको आरोपमा पुलिसले 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका 28 वर्षीय विनोद कारोया र 24 वर्षीय अतोयारी कारोया लोग्ने स्वास्नी हुन्। घटनाक्रम अनुसार हिजो बिहान माझियाली अञ्चलको पावनीखारी इलाकामा 35 वर्षीय लक्ष्मीराम हेमब्रमको शव उद्धार भएको थियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार इलाकाको एउटी महिलासित लक्ष्मीरामको अवैध सम्बन्ध रहेको थियो। गत सोमबार राति तिनी उक्त महिलाको घरमा पसेपछि लोग्ने-स्वास्नी मिलेर तिनलाई कुटपीट गरेको आरोप छ। यसपछि हिजो बिहान खुल्ला ठाउँमा तिनको शव उद्धार भएको थियो। उक्त घटनापछि मृतक व्यक्तिको भाइले हिजो राजगञ्ज थानामा दुईजनाविरुद्ध अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले लोग्ने-स्वास्नीलाई पक्राउ गरेको हो। आरोपी विनोदले बताएअनुसार गत सोमबार राति लक्ष्मीराम मातेको अवस्थामा घरमा आएर स्वास्नीसित अभद्र व्यवहार गर्ने प्रयास गर्दा आत्मरक्षाको लागि उक्त व्यक्तिलाई लट्ठीले हिर्काएका थियौँ। घटनाको जाँच शुरू गरेको राजगञ्ज थाना पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes