राजगञ्जमा क्यानलबाट दुई युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जको राष्ट्रिय राजमार्ग नजिक क्यानलबाट आज दुईजना अज्ञात युवकको मृतदेह उद्धार गरेको छ। राजगञ्जको शिकारपुरमा उक्त घटनाले सनसनी मच्चियो। मृतक दुई युवकको परिचय हालसम्म थाहा लागेको छैन। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले बेलाकोवाको फुलातीपाडा राष्ट्रिय राजमार्गको क्यानल मोडमा नजिक क्यानलमा दुईजना अज्ञात युवकको मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। क्यानल नजिक एउटा बाइक पनि उद्धार गरेको छ। घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर दुईवटा शव उद्धार गरेर बेलाकोवा ग्रामीण अस्पतालमा पठाउनको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ। यसको साथै पुलिसले मृतक दुई युवकको परिचय जुटाउने प्रयास गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *