राजगञ्जमा चोरी गरेको समानसहित एकजना पक्राउ

राजगञ्ज : राजगञ्ज पुलिसले मोबाइल दोकानबाट चोरी गरेको समानसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत पर्ने जमीदारपाड़ा निवासी शहिदुल उर्फ असिनुल इस्लामको रूपमा सामेल रहेको छ। स्मरण रहोस्, गत 13 जुलाईको राति राजगञ्ज थाना अघि रहेको एउटा मोबाइल दोकानमा चोरी भएको थियो। उक्त दोकानबाट नयाँ मोबाइल फोन, मोबाइलको उपकरणहरू लगायत केही नगद रुपियाँ पनि चोरी भएको बताइएको छ। उक्त दोकानका मालिक उत्तम रायले यसबारे थानामा लिखित अभियोग दर्ता गरेका थिए। सीआई दीपोज्ज्वल भौमिकको नेतृत्वमा राजगञ्ज पुलिसले दोकानको सीसीटीभी क्यामराको आधारमा घटनाको जाँचमा जुटेपछि गत राति उक्त व्यक्तिलाई पक्राउ गरे। पुलिसले आरोपीबाट चोरी गरेको सर-समान पनि उद्धार गरेको छ। आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *