राजगञ्जमा चोरी गर्न आएका युवकलाई पक्रेर गणधुलाई

राजगञ्ज : राजगञ्जको माझियाली ग्राम पञ्चायत अन्तर्गत चामारजोत इलाकाको एउटा घरमा चोरी गर्न आएका युवकलाई स्थानीय मानिसहरूले पक्रेर गणधुलाई गरेको घटना प्रकाशमा आएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान चामारजोत गाउँ निवासी बेगम बेवाको घरभित्र दुईजना युवक चोरी गर्ने उद्देश्यले पस्दा घर मालिकले थाहा पाएपछि तिनीहरूले मोबाइल फोन मात्र चोरेर त्यहाँबाट भागे। परिवारका सदस्यहरूले उक्त दुई युवकको पीछा गरेर चोरी गरेको मोबाइल फोनसहित एकजनालाई पक्राउ गरे तापनि अन्य एकजना युवकले सुँइकुच्चा ठोकेको बताइएको छ। यसपछि स्थानीय मानिसहरूले उक्त युवकलाई बाँधेर गणधुलाई गर्नको साथै घटनाबारे राजगञ्ज पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा आएर उक्त युवकलाई पक्राउ गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *