राजगञ्जमा चोरीको आरोपमा एकजना पक्राउ

राजगञ्ज : राजगञ्जको इलेक्ट्रोनिक दोकानमा चोरी गरेको आरोपमा आमबारी आउटपोस्ट पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक राजगञ्जको फाराबारी इलाकाको भेलकीपाडा निवासी चन्दन रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत केही दिनअघि भेलकीपाडाको पलास रायको दोकानमा चोरी भएपछि तिनले घटनाबारे आमबारी पुलिस आउटपोस्टमा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले उक्त युवकलाई पक्राउ गर्नको साथै चोरी गरेको सर-समानहरू पनि उद्धार गरेको बताइएको छ। पक्रा परेका आरोपी युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *