राजगञ्जमा करेन्ट लागेर युवकको मृत्यु

राजगञ्ज : राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको मालिभिटा गाउँमा बिजुलीको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवक राजु रायको रूपमा चिन्हित गरिएको छ। परिवार सूत्रले दिएको जानकारीअनुसार हिजो साँझ राजु टोटो लिएर पानीले भिजेको अवस्थामा घर आएर टोटो चार्ज गर्दा बिजुलीको करेन्ट लागेपछि परिवारका सदस्यहरूले तत्कालै तिनलाई उद्धार गरेर बेलाकोवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। मृतक युवकले आफू पछि स्वास्नी, कन्या शिशु र वृद्ध बाबा छाडिगएका छन्। तिनी परिवारको एकमात्र आय स्रोत रहेकोले तिनको मृत्युपछि परिवारका सदस्यहरूमा समस्यामा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *