राजगञ्जमा धेरैजना सीपीएम छोडेर तृणमूल-मा सामेल

राजगञ्ज : राजगञ्जमा सयौँ सदस्यहरू सीपीएम छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको गधेयागछमा आज सामेल सभाको आयोजना गरियो। राजगञ्जका विधायक खगेश्वर रायले सीपीएम छोडेर तृणमूलमा सामेल हुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, जिल्ला परिषदका को-मेन्टर आहिदार रहमान, राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेस सभापति अरिन्दम ब्यानर्जी, राजगञ्ज ब्लक युवा सभापति तुषार दत्त, बिननागढी ग्राम पञ्चायत प्रधान समिजुद्दीन अहमद, गधेयागछका पञ्चायत सदस्य जाकेर हुसेन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *