राजगञ्जमा दिव्याङ्ग तथा वृद्ध-वृद्धाहरूलाई आवश्यक उपकरण वितरण

राजगञ्ज : राजगञ्जमा दिव्याङ्ग तथा वृद्ध-वृद्धाहरूलाई आवश्यक उपकरण वितरण गरियो। जिल्ला समाज कल्याण विभाग जलपाईगढी तथा एलिमको कोलकाताको संयुक्त पहलमा एवम् रेड क्रस सोसाइटी जलपाईगढीको सहयोगमा राजगञ्ज कलेजमा एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा लगभग 375  जना दिव्याङ्ग तथा वृद्ध-वृद्धाहरूलाई आवश्यक उपकरण प्रदान गरियो। यस सम्बन्धमा जलपाईगढीका जिल्लाशासक मौमिता गोदारा बसुले बताएअनुसार द्वारे सरकारको माध्यमद्वारा लगभग 2 महिनाअघि राजगञ्ज कलेजमा एउटा शिविरको आयोजना गरिएको थियो भने उक्त शिविरमा दिव्याङ्ग तथा वृद्ध-वृद्धाहरूलाई के-के सामग्री चाहिन्छ भन्ने विषयमा जानकारी लिएको थियो। यसैले आज एउटा कार्यक्रमको माध्यमद्वारा तिनीहरूलाई आवश्यक सामग्री प्रदान गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *