राजगञ्जमा दोकानको सटर भत्काएर लाखौँ रुपियाँको चोरी

राजगञ्ज : राजगञ्जको बन्धुनगरमा चोरीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार गत राति राजगञ्ज ब्लकको बन्धुनगर इलाकामा सूर्यकान्त दासको रासन दोकानमा चोरी भएको छ। यस विषयमा दोकान मालिकले भने, आज बिहान दोकानमा चोरी भएको खबर पाएपछि तत्कालै गएर हेर्दा दोकानको सटर भत्केको अवस्थामा रहेको थियो। दोकानबाट लगभग नगद अढाई लाख रुपियाँ, केही सिगरेटको प्याकेट लगायत अन्य सामग्रीहरू चोरी भएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *