राजगञ्जमा दुई नाबालिकासित सामूहिक दुष्कर्म, एकजना मृत्यु

राजगञ्ज : दुईजना नाबालिकालाई अपहरण गरेर सामूहिक दुष्कर्म गरेको आरोपमा पुलिसले 3 जना युवकलाई पक्राउ गरेको छ भने अन्य 2 जनाले सुँइकुच्चा ठोकेको छ। उक्त घटना राजगञ्जको सन्न्यासिकाटा ग्राम पञ्चायत अन्तर्गत नबग्राममा घटेको हो। दुवै नाबालिका दिदी-बहिनी हुन्। अर्कोतिर, घटनापछि पीड़ित दुई नाबालिकाले विष खाएर आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ। तीमध्ये एकजनाको हिजो मृत्यु भने अन्य एकजना नाबालिकाको आशंकाजनक अवस्थामा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। पीड़ित परिवारका सदस्यहरूले बताएअनुसार गत शुक्रबार दुई दिदी-बहिनी काकाको घरबाट आफ्नो घर फर्किरहेको समय बाटोमा 5 जना युवकले तिनीहरूलाई अपहरण गरेर चियकमान लगी सामूहिक दुष्कर्म गरेको बताइएको छ। यसपछि भोलिपल्ट साँझ दुवै घर फर्किआएपछि फेरि निखोज भएको बताइएको छ। गत आइतबार फेरि दुई बहिनी घर फर्किआए तापनि तिनीहरूको अवस्था गम्भीर रहेपछि दुवैलाई नर्थ बेङ्गल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरियो। अस्पतालमा उपचार अवधि हिजो एकजनाको मृत्यु भएको छ भने अन्य नाबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनाको खबर पाएर सीआई दिप्पोज्वल भौमिक विशाल पुलिस बलको साथमा घटनास्थलमा पुगे। यसको साथै आज राजगञ्जका विधायक खगेश्वर राय पनि घटनास्थलमा पुगे। एडिशनल एसपी संदीप मण्डल, डीएसपी प्रदीप सरकारले घटनास्थलको निरीक्षण गरे। अभियोगको आधारमा राजगञ्ज पुलिसले 3 जना युवकलाई पक्राउ गरेको छ भने अन्य 2 जनाले सुँइकुच्चा ठोकेको बताइएको छ। पुलिसले अन्य 2 आरोपीको खोजी शुरू गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbetting girişkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes