राजगञ्जमा दुईवटा बाइक आपस्तमा ठोक्किँदा 3 जना घाइते

राजगञ्ज (निसं): तीव्र गतिमा आइरहेको 2 वटा बाइक आपस्तमा ठोक्किँदा 3 जना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना आज अपरान्ह राजगञ्ज ब्लकको बेलाकोवा संलग्न मन्थनी रोड इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार तीव्र गतिको कारण 2 वटा बाइक आपस्तमा ठोक्किँदा दुईवटै बाइकमा सवार तीनजना व्यक्ति घाइते भएको बताइएको छ।  घटनाको खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा पठाएको छ। पुलिसले दुर्घटनाग्रस्त दुईवटा बाइकसाई आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *