राजगञ्जमा दुईवटा वाहन ठोक्किँदा 5 जना घाइते

राजगञ्ज : राजगञ्जको फुलबारी संलग्न पुटिमारी लखीजोत इलाकाको टिस्टा क्यानल रोडमा आज बिहान सड़क दुर्घटनामा पाँचजना व्यक्ति घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान फुलबारीतर्फबाट आइरहेको एउटा वाहन विपरीत दिशाबाट आइरहेको डम्परसित ठोक्किँदा यसको पछिल्तिर रहेको अन्य एउटा वाहन अनियन्त्रित भएर सड़क किनारमा पल्टिँदा पाँचजना व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस र दमकलको वाहन घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए। पुलिसले दुवैवटा वाहनलाई आफ्नो नियन्त्रणमा लिएर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *