राजगञ्जमा ‘द्वारे सरकार’ शिविरको आयोजना

राजगञ्ज : द्वारे सरकारशिविरको दोस्रो चरण फेरि शुरू भएको छ। यसै क्रममा आज राजगञ्जको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत केबलपाड़ा हाई स्कुल परिसरमा द्वारे सरकार शिविरको आयोजना गरियो। यस शिविरमा साधारण मानिसहरूले लक्ष्मी भण्डार, स्वास्थ्य साथी कार्ड, आधार कार्ड, राशन कार्ड, स्टुडेन्ट क्रेडिट कार्ड, एससी एसटी ओबीसी सर्टिफिकेट लगायत विविध सुविधाहरू पाउनेछन्। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले बताएअनुसार मुख्यमन्त्रीको निर्देशअनुसार आज 16 अगस्तदेखि दोस्रो चरणको द्वारे सरकार शिविर शुरू भएको छ। उक्त शिविरमा साधारण मानिसहरूलाई विविध सेवाहरू प्रदान गर्नको लागि लगभग सबै विभागहरूले अंश ग्रहण गरेको छ भने शिविरको माध्यमद्वारा मानिसहरूलाई लाभ पुग्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *