राजगञ्जमा घरभित्रबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज (निसं): घरबाट झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। उक्त घटना आज बिहान राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत कायेतगछमा घटेको हो। मृतक युवकको नाम तपू राय (27) बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार तपू राय चियाकमानका श्रमिक थिए। तिनी आज बिहान छिट्टै उठेर यताउता घुमफिर गरेपछि फेरि घरभित्र पसेको बताइएको छ। पछि परिवारका सदस्यहरू उठेर हेर्दा झुन्डिरहेको अवस्थामा तपुको शव देखे। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *