राजगञ्जमा गोली लागेर घाइते भएका तृणमूल नेता सलेमान मोहम्मदको मृत्यु

राजगञ्ज : राजगञ्जमा दुष्कृतिहरूले चलाएको गोली लागेर गम्भीर रूपमा घाइते भएका तृणमूल नेता सलेमान मोहम्मदको आज बिहान 6 बजी उपचाराधीन अवस्थामा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा मृत्यु भयो। सलेमान मोहम्मद राजगञ्जको बलराम हाट निवासी तथा तृणमूल नेता थिए। स्मरण रहोस्, तृणमूल नेता सलेमान मोहम्मदलाई गत आइतबार साँझ राजगञ्जको भुटकीहाट इलाकाको एउटा लटरी दोकानमा बसिरहेको समय बाइकमा सवार दुईजना दुष्कृतिले गोली ठोकेर घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। उक्त घटनामा तिनी गम्भीर रूपमा घाइते भएपछि सिलगढीको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको थियो। आज बिहान उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। मृतकका भाइ जामाल मोहम्मदले बताएअनुसार मृतदेह भुटकीहाट इलाकामा लगिने भएकोछ भने त्यहाँ तृणमूलको तर्फबाट तिनलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरिनेछ। अर्कोतिर, घटनाको समय तिनीसितै रहेका लटरी विक्रेतालाई सामान्य चोट लागे तापनि हाल तिनी स्वस्थ रहेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *