राजगञ्जमा ईद-उल-अजहा पर्व पालन

राजगञ्ज : देशभरिमै आज ईद-उल-अजहा पर्व मनाइरहेको छ। मुस्लिम समुदायका मानिसहरूको धार्मिक समारोहमध्ये यो एउटा हो। यस पर्वलाई बकरीद अथवा कुर्बानी पनि भनिने गरिन्छ। राजगञ्जको सन्न्यासीकाटाको लाल स्कुल बालाबारीमा पनि आज मुस्लिम समुदायका मानिसहरूले निकै हर्षोल्लासको साथमा बकरीद पर्व मनाए। उक्त इलाकाको मुस्लिम समुदायका मानिसहरूले आज लाल स्कुलमा नमाज पढ्नको साथै एकाअर्कालाई बकरीदको शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *