राजगञ्जमा जलाशयबाट 2 प्याकेट गाँजा उद्धार

राजगञ्ज: राजगञ्ज थाना पुलिसले जलाशयबाट 2 प्याकेट गाँजा उद्धार गरेको छ। आज बिहान सन्न्यासीकाटा ग्राम पञ्चायतको लाल स्कुल बलाबारी इलाकाको एउटा जलाशयबाट उक्त गाँजा उद्धार गरेको हो। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले जलाशयमा 2 प्याकेट गाँजा तैरिरहेको देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर जलाशयबाट उक्त गाँजा उद्धार गरेको बताइएको छ। राजगञ्ज पञ्चायत समितिका सदस्य रोशन हबीबले बताएअनुसार कसले उक्त गाँजा जलाशयमा फ्याँकेको भन्ने विषयमा थाहा लागेको छैन। दुई दिन अघि पनि पुलिसले कफ सिरप सहित एकजना युवकलाई पक्राउ गरेको थियो भने आज फेरि गाँजा उद्धार भएको छ। यसबारे उचित जाँच साथै कठोर कार्वाही गर्नको लागि पुलिसलाई निर्देश दिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *