राजगञ्जमा जलाशयबाट युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जको पानीकौरी ग्राम पञ्चायतको खड़ारबारी इलाकाको जलाशयबाट 30 वर्षीय युवकको शव उद्धार भएको छ। मृतक युवक अमित अधिकारीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति 2 बजी घर नजिक रहेको जलाशयबाट अमितको मृतदेह उद्धार गरेको बताइएको छ। परिवार सूत्रले दिएको जानकारीअनुसार अमित राजगञ्ज थानामा सिभिक भोलेन्टियरको रूपमा कार्यरत भए तापनि केही दिनदेखि तिनी आफ्नो काममा गएका थिएनन्। हाल जमिन रेजिस्ट्री अफिसमा मोहरीको काम गर्दै आइरहेका थिए। गत राति 11 बजी होटलमा खाना खान जान्छु भनेर घरबाट बाइकमा सवार भएर निस्केपछि घर फर्कि नआउँदा परिवारका सदस्यहरूले तिनको खोजी शुरू गरेपछि राति 2 बजी घर नजिक रहेको एउटा जलाशयबाट तिनको मृतदेह उद्धार भएको बताइएको छ। राजगञ्ज थाना पुलिसले दिएको जानकारीअनुसार उक्त युवक सिभिक भोलेन्टियरको रूपमा कार्यरत भए तापनि लगभग 2 वर्षदेखि तिनी आफ्नो काममा गएका थिएनन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *