राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 23 वर्षीय दीपक रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार राजगञ्जको सुखानी ग्राम पञ्चायतको तेलीपाडा निवासी दीपक राय सरस्वती पुजाको दिन बाइक दुर्घटनामा परेर टाउकोमा चोट लागेपछि तिनको व्यवहारमा परिवर्तन देखापरेको बताइएको छ। तिनले हिजो नदीको माछा खाने इच्छा जाहेर गरेपछि आमा माछा लिनको लागि गएकी थिइन्। लगभग आधा घण्टापछि आमा घर फर्किआउँदा झुन्डिएको अवस्थामा छोराको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिइन्। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *