राजगञ्जमा झुन्डिएको अवस्थामा वृद्धाको शव उद्धार

राजगञ्ज : राजगञ्जको कुकुरजान अञ्चलको देवी ठाकुरबारी इलाकामा 72 वर्षीय वृद्धाको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक वृद्धा मतिबाला अधिकारीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो अपरान्ह उक्त वृद्धाको छोरा कामले गर्दा बाहिर गएको समय तिनले आत्महत्या गरेको बताइएको छ। के कारणले गर्दा तिनले आत्महत्या गरेको हो भन्ने विषयमा परिवारका सदस्यहरू अन्योलमा छन्। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि आज पोस्टमार्टमको लागि जलपाईगढी अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *