राजगञ्जमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज : घरको काली मन्दिरबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। उक्त घटना आज बिहान राजगञ्ज ब्लकको बेलाकोवा अन्तर्गत शिकारपुर ग्राम पञ्चायतको नर्थ बेङ्गल फार्म इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम दीपक दास (55) बताइएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले घरको काली मन्दिरमा झुन्डिएको अवस्थामा दीपकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *