राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जमा एकजना युवकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक राजगञ्ज ब्लकको सन्न्यासीकाटा अञ्चलको सद्रागछ गाउँ निवासी 26 वर्षीय सिफेन रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति लगभग 10 बजी सिफेन सदा झैँ सिलगढीबाट काम सकेर घर आएपछि कोठामा पसेर घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। घरका मानिसहरूले सिफेनलाई झुन्डेको अवस्थामा देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतक सिफेनले डेढ महिना अघि मात्र बिहे गरेका थिए भने मानसिक अवसादको कारण तिनले आत्महत्या गरेको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *