राजगञ्जमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज: राजगञ्जमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत पर्ने सेल्टरबारी गाउँ निवासी सुजीत दास (39) को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज एउटा गोदामबाट उक्त व्यक्तिको शव उद्धार भएको बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार सुजीत दास सदा झैँ गन्डारमोड़ संलग्न गोदाममा गएका थिए। मानसिक तनाउले गर्दा तिनले आत्महत्या गरेको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि  पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *