राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको 9 नम्बर कोलनी निवासी एकजना युवकले घाटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक युवक 19 वर्षीय पार्थ व्यापारीको रूपमा चिन्हित गरिएको छ। मृतक युवकका बाबु मनोरञ्जन व्यापारीले बताएअनुसार हिजो साँझ 5 बजी छोरा पार्थ आफ्नो कोठाभित्र पसेर दैलो बन्द गर्यो।


यसपछि धेरै समयपछि छोरा बाहिर ननिस्किँदा दैलो भत्काएर कोठाभित्र पस्दा घाटीमा पासो लगाएर झुन्डिरहेको अवस्थामा छोराको शव देखेपछि तत्कालै उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। प्रेम सम्बन्धले गर्दा छोराले आत्महत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले अनुमान लगाएका छन्। राजगञ्ज थाना पुलिसले मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *