राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्ज ब्लकको शिकारपुर चियाकमानमा डाङ्गा लाइन इलाकामा झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक सोमनाथ बेनी (35) को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार आज बिहान घरमा झुन्डिरहेको अवस्थामा युवकको शव उद्धार भएको बताइएको छ। मानसिक तनाउको कारण उक्त युवकले आत्महत्या गरेको हुनसक्ने प्राथमिक अनुमान लगाएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.