राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला इलाकामा झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक उत्तम मुखर्जीको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार दिनहुँ झैँ हिजो साँझ उत्तम सिलगढीबाट काम सकेर घर आए। धेरै बेरसम्म तिनी घरबाट बाहिर ननिस्केपछि परिवारका सदस्यहरूले घरभित्र पसेर हेर्दा झुन्डिरहेको अवस्थामा तिनको शव उद्धार गरेको बताइएको छ। पारिवारिक अशान्तिले गर्दा युवकले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *