राजगञ्जमा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार

राजगञ्ज : राजगञ्जको पानीकौरी ग्राम पञ्चायतको जुगनीडाङ्गामा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार भएको छ। मृतक महिला पिङ्की रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान पिङ्की खाना बनाउनको लागि सब्जी काटिरहेको समय तिनको लोग्ने बासुदेव रायले छोरालाई लिएर घर बाहिर निस्के। केही समयपछि तिनी घरभित्र जाँदा झुन्डिरहेको अवस्थामा स्वास्नीलाई देखेपछि तत्कालै उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको जानकारी पाएर बेलाकोवा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *