राजगञ्जमा झुन्डिएको अवस्थामा नाबालकको शव उद्धार

राजगञ्ज : राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत पर्ने भुदूगछमा एकजना नाबालकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ।  मृतक 17 वर्षीय याकुब अलीको रूपमा चिन्हित गरिएको छ। मृतकका परिवारका एकजना सदस्य अब्दुल कादेरले बताएअनुसार याकुब अली गत केही दिनदेखि मानसिक तनाउसित जुझिरहेका थिए। परिवारका सदस्यहरूले आज घरमा झुन्डिएरको अवस्थामा याकुबको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *