राजगञ्जमा झुन्डिएको अवस्थामा होटलका कर्मचारीको शव उद्धार

राजगञ्ज :  राजगञ्जमा एउटा होटलबाट झुन्डिएको अवस्थामा एकजना कर्मचारीको शव उद्धार भएको छ। मृतक कर्मचारी दार्जिलिङ निवासी योगेन्द्र राईको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो बिहान योगेन्द्रले आफूलाई टाउको दुखेकोबारे अन्य कर्मचारीहरूलाई बताएका थिए। यसपछि राति खाना खाएर तिनी सुत्न गएका थिए भने आज बिहान तिनलाई बोलाउँदा पनि कुनै उत्तर नदिएपछि कोठाको दैलो भत्काएर भित्र गएर हेर्दा झुन्डिएको अवस्थामा तिनको शव उद्धार गरेको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *