राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्ज ब्लकको माझीयाली ग्राम पञ्चायतको मनुयागछ इलाकामा झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक 22 वर्षीय बाप्पा आचार्यको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार दिनहुँ झैँ सपरिवार रातिको खाना खाएपछि सुत्न गए। यसपछि राति 12.30 बजी उक्त युवकको आमाले झुन्डिएको अवस्थामा छोरालाई देखेपछि तत्कालै उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले मृत घोषित गरिदिए। राजगञ्ज थाना पुलिसले मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *