राजगञ्जमा कान्छी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

राजगञ्ज : आमबारी आउटपोस्ट पुलिसले कान्छी आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक 19 वर्षीय सञ्जीब बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 14 अगस्तमा राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको जलडुमुरपाडा निवासी अनिता बर्मन (35)-को मृतदेह उद्धार भएको थियो। मृतको परिवारका सदस्य तथा छिमेकीहरूलाई तिनको हत्या गरेको हुनसक्ने आशंका गरेका थिए। यसपछि मृतकको परिवारका सदस्यहरूले थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेर हिजो छोरा सञ्जीबलाई पक्राउ गरेको बताइएको छ। आमबारी आउटपोस्ट पुलिसले दिएको जानकारीअनुसार पक्रा परेका सञ्जीबले आफ्नो कान्छी आमाको हत्या गरेको कुरा स्वीकारेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *