राजगञ्जमा केही परिवार तृणमूल छोडेर भाजपामा सामेल

राजगञ्ज : पञ्चायत चुनाउको मुखैमा केही परिवार तृणमूल छोडेर भाजपामा सामेल भएको छ। राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको ललिताबारीमा सामेल कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा जलपाईगढी जिल्लाका सांसद जयन्त रायको बाहुलीबाट केही परिवारले भाजपाको झण्डा समाए। यस विषयमा जलपाईगढीका सांसद जयन्त रायले भने, प्रत्येक दिन धेरैजना मानिसहरू भाजपामा सामेल भइरहेको छ। आज पनि ललिताबारीका केही परिवार तृणमूल छोडेर भाजपमा सामेल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *