राजगञ्जमा केन्द्रीय वाहिनीद्वारा रूट मार्च

राजगञ्ज : आगामी 8 जुलाईको दिन पञ्चायत चुनाउ सम्पन्न हुने भएको छ। पञ्चायत चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने उद्देश्य लिएर आज राजगञ्जमा केन्द्रीय वाहिनीद्वारा रूट मार्च शुरू गरियो। राजगञ्ज थानाका आईसी पंकज सरकारको नेतृत्वमा राजगञ्जको कुकुरजान इलाकामा केन्द्रीय वाहिनीका जवानहरूले आज रूट मार्च गरे। बेलाकोवाको शिकारपुर इलाकामा उक्त रूट मार्च गरियो। यस अवधि राजगञ्ज थानाका आईसी पंकज सरकारले सडकमा आवत-जावत गर्ने मानिसहरूसित कुराकानी गर्दै कुनै राजनैतिक दलका कार्यकर्ताहरूले कुनै प्रकारको धम्की दिएको खण्डमा प्रशासनलाई जनाउने बताए। केन्द्रीय वाहिनीद्वारा रूट मार्च गरिएकोमा इलाकावासीहरू खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *