राजगञ्जमा खेत बारीबाट 8 फुट लामो अजिङ्गर उद्धार

राजगञ्ज  : राजगञ्जमा 8 फुट लामो अजिङ्गर उद्धार गरेको छ। आज बिहान राजगञ्जको शिकारपुर ग्राम पञ्चायतको मालिभिटा गाउँमा खेतीको जमिनबाट उक्त अजिङ्गर उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरू खेतमा काम गर्न गएको समय बैगुन खेतीको वरिपरि लगाएको नेटको बारमा एउटा अजिङ्गर अड्किरहेको देखेपछि वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बेलाकोवा रेञ्जका वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेर लगेको बताइएको छ। प्राथमिक उपचार गरेपछि उक्त अजिङ्गरलाई जङ्गलमा छोडिदिने वनविभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *