राजगञ्जमा कृषकहरूलाई सिँचाईको समानहरू वितरण

राजगञ्ज : सिँचाई योजनाको माध्यमद्वारा राजगञ्ज सन्न्यासीकाटाका कृषकहरूलाई सिँचाई गर्नको लागि उपकरणहरू वितरण गरियो। राजगञ्ज ब्लक कृषि विभागको तर्फबाट लाल स्कुल बालाबारीमा एउटा कार्यक्रमको माध्यमद्वारा कृषकहरूलाई पानीको पाइप, स्प्रिङकलर लगायत अन्य उपकरणहरू वितरण गरियो। केवल जीएसटीको रुपियाँले 51 कृषकहरूलाई उक्त सिँचाईको उपकरणहरू वितरण गरिएको बताइएको छ। ब्लकको अन्य ग्राम पञ्चायतका कृषकहरूलाई पनि सिँचाई उपकरण प्रदान गरिने विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *