राजगञ्जमा लाखौँ रुपियाँको हेरोइनसहित एकजना पक्राउ

राजगञ्ज : हेमताबाद थाना पुलिसले लाखौँ रुपियाँको हेरोइन सहित एकजना युवकलाई पक्राउ गरेपछि आज राजगञ्ज अदालतमा पेश गर्यो। पक्रा परेका युवक हेमताबाद ब्लकको बाङ्गालबारी अन्तर्गत पर्ने बालुफारा इलाका निवासी 26 वर्षीय नाजीमुद्दीनको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गोप्य सूत्रको आधारमा हिजो राति लक्ष्मीबाङ्गा मोड इलाकामा अभियान चलाएर पुलिसले 50 ग्राम हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकबाट पुलिसले एउटा नशालु पदार्थ नाप्ने यन्त्र, एउटा मोबाइल र एउटा नम्बरविहिन बाइक उद्धार गरेको छ। राजगञ्ज जिल्ला अतिरिक्त पुलिस सुपर यशप्रीत सिंहले बताएअनुसार उद्धार गरेको हेरोइनको बजार मूल्य लाखौँ रुपियाँ रहेको साथै उक्त मामिलामा अन्य व्यक्तिहरू संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *