राजगञ्जमा लोकनाथ ब्रह्मचारीको 132औँ पुण्यतिथि पालन

राजगञ्ज : राजगञ्ज ब्लकको विभिन्न ठाउँमा लोकनाथ ब्रह्मचारीको 132औँ पुण्यतिथि धुमधामको साथमा मनाइरहेको छ। राजगञ्ज ब्लकको राजगञ्ज, अकारिगछ, सेल्टरबारी र बनेभाषा गाउँमा आज बिहानदेखि मानिसहरू पुजा-अर्चना गर्न आइरहेका छन्। यस सम्बन्धमा पुजा कमिटीको तर्फबाट हराधन साहाले बताएअनुसार कोरोनाले गर्दा गत दुई वर्ष पुजा गर्न सकिएन। तर यस वर्ष भव्य रूपमा पुजाको आयोजना गरिएको छ। आज दिनभरि पुजा-अर्चनाको गरिनेछ भने साँझको समय बाउल गीतको व्यवस्था पनि गरिएको छ। पुजा गर्नको लागि स्थानीय मानिसहरू लगायत टाढा-टाढाबाट श्रद्धालुहरू आइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.