राजगञ्जमा माछा मार्न जाँदा पोखरीमा डुबेर 7 वर्षीय नाबालकको मृत्यु

राजगञ्ज : राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायतको पेसकारपाडा इलाकामा माछा मार्न गएका एकजना नाबालक पोखरीमा डुबेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक नाबालक 7 वर्षीय निलय राय दोस्रो श्रेणीका छात्र थिए। प्राप्त जानकारी अनुसार हिजो साँझ निलय घर छेउमा रहेको पोखरीमा माछा मार्न गएका थिए भने बेलुकीसम्म पनि निलय घर फर्कि नआएपछि परिवारका सदस्यहरूले यताउता तिनको खोजी गर्दा पोखरी नजिक माछा मार्ने बल्छी देखेपछि तिनीहरूले पोखरीमा उक्त नाबालकको खोजी गरे। यसपछि उक्त नाबालकलाई पोखरीबाट उद्धार गरेर तत्कालै राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *