राजगञ्जमा मदरसा बोर्ड माध्यमिक परीक्षाको पहिलो दिन एकजना परीक्षार्थी बिरामी

राजगञ्ज : परीक्षाको प्रथम दिन नै मदरसा बोर्डको एकजना माध्यामिक परीक्षार्थी अस्वस्थ भइन्। उक्त घटना राजगञ्ज भन्डारीगछ सुरूबारी हाई मदरसाको हो। प्राथमिक चिकित्सापछि स्कुल कर्तृपक्षले अलग्गै एउटा कोठामा अस्वस्थ विद्यार्थीलाई परीक्षाको व्यवस्था गरिदियो। आजदेखि मदरसा बोर्डको माध्यमिक परीक्षा शुरू भएको छ। आज बङ्ग्ला विषयको परीक्षा। सुखानी भोलापाडा हाई मदरसाबाट मेरिना अक्तार नाम गरेकी एउटी छात्रा भन्डारीगछ सुरूबारी हाई मदरसा सेन्टरमा परीक्षा दिन आएकी थिइन्। परीक्षा सेन्टरमा आइपुगेपछि तिनी अस्वस्थ भइन्। उक्त छात्राको बाबु मजिदुल इस्लामले बताएअनुसार केही दिनदेखि छोरी परीक्षालाई लिएर चिन्तित थिइन्। परीक्षा दिन आउँदा शरीर अस्वस्थ्य महसुस गरेपछि स्कुल कर्तृपक्षले तिनको लागि भिन्नै कोठामा परीक्षाको व्यवस्था गरिदियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *